Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेसी, नेयमार, एमबाप्पे ट्रिओको फितलो आक्रमण : सबै सामर्थ्य लगाउँदा पनि पिएसजीको केही लागेन

एजेन्सी – च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा पेरिस सेन्ट जर्मन (पिएजसी) र बेल्जियन क्लब ब्रुगले बराबरी खेलेका छन्। बुधबार राति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो।

पिएजसीले आक्रमणमा लियोनेल मेसी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारे पनि अंक खोस्न सकेन। यी तीन खेलाडीको आक्रमण पनि अपेक्षा गरिएको जस्तो हुन सकेन।

खेलमा शुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा पिएसजी अंक बाँड्न बाध्य भयो। पीएसजीका लागि एन्डर हेरेराले गोल गर्दा घरेलु टोलीका हान्स भानाकेनले बराबरी गोल फर्काएका थिए। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।

खेलको १५औं मिनेटमा एन्डर हेरेराको गोलबाट पीएसजीले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो। उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए। खेलमा पछि परेको ब्रुगले एकपछि अर्को नयाँ आक्रमण बुन्ने प्रयास गरिरह्यो। २७औं मिनेटमा हान्स भानाकेनले इडुआर्ड सोवोलको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

दोस्रो हाफमा पनि दुबै टोलीले गोलका लागि अथक प्रयास गरे पनि सफल भएनन्। बल पोसेसनमा पकड बनाए पनि पिएसजीले गतिलो आक्रमण बुन्न सकेन। र खेल बराबरीमा टुंगियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077