Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एकै खेलका आधारमा गम्भीर आरोप : मेसी आएपछि पिएजसी कमजोर भयो

एजेन्सी । इंग्ल्याण्डका पूर्व स्ट्राइकर माइकल ओवेनले लियोनल मेसी क्लबमा आएपछि पेरिस सेन्ट जर्मन (पिएसजी) कमजोर भएको बताएका छन्। च्याम्पियन्स लिगको समूह चरणको खेलमा क्लब ब्रुगविरुद्ध गोल गर्न असफल भएपछि माइकलले मेसीको आलोचना गरेका हुन्।

मेसीले नेयमार जुनियर र केलिएन एमबाप्पेसँगै शुरुवातदेखि नै खेलेका थिए। तर यि तीन स्ट्राइकरले गोल गर्न सकेनन्। जसका कारण टोलीले खेलमा १–१ को बराबरीमै चित्त बुझाएको थियो।

पछिल्ला दिनहरुमा यी तीन खेललाडीको कम्बिनेसनलाई ‘एमएनएम’ को संज्ञा दिइएको छ, जुन निकै आक्रामक हुने अनुमान थियो। तर यो ट्रिओले अपेक्षाकृत प्रदर्शन गर्न सकेन।

ओवेनले बिटी स्पोर्ट्ससँग भने, ‘टोलीका फरवार्डहरु हालसम्म उत्कृष्ट नै छन्, तर ३ जना एकैचोटी मैदानमा आउँदा टिम कमजोर देखियो भन्ने मलाई लाग्छ। च्याम्पियन्स लिगमा यो टोलीको चर्चा किन यति धेरै हुन्छ मैले बुझ्न सकेको छैन,’ उनले भने।

‘योभन्दा चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड धेरैधेरै उत्कृष्ट छ,’ उनले थपे। तर ओवेनसँगै म्यानचेस्टर सिटीबाट फुटबल खेलेका रियो फर्डिनाण्ड भने उनको कुरामा सहमत छैनन्।

पिएसजीसँग यि ३ बाहेक अन्य खेलाडीहरुको पनि रहेको उनको बुझाइ छ। फर्डिनाण्डले एकै खेलको आधारमा ज जगर्न नहुने बताएका छन्। टिममा मेसी नयाँ भएकाले खेलाडीहरुबीच एकआपसमा कम्बिनेसन नमिलेको उनी बताउँछन्।

च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा पिएजसी र बेल्जियन क्लब ब्रुगले बराबरी खेलेका थिए। बुधबार राति भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077