Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध विश्वकै साझा समस्या : आईजीपी क्षेत्री

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले लागूऔषध समस्या विश्वकै साझा समस्याको रूपमा देखा परेको बताएका छन्।

शुक्रबार 'आसरा सुधार केन्द्र' रानीबारीको २५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै आईजीपी क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेको बताए ।

लागूऔषध दुर्व्यसनीमा फसेका मानिसहरूलाई नयाँ जीवन दिन यस केन्द्र सफल रहेको उल्लेख गर्दै आईजीपी क्षेत्रीले भने,'लागूऔषध समस्या विश्वकै साझा समस्याको रूपमा देखा परेको छ, उनले थपे, 'यसको दुर्व्यसन, उत्पादन, खरीद बिक्री, सञ्चय, ओसारपसार एक साझा चुनौतीको विषय बनेको छ।'

क्षेत्रीले कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077