Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चार लाख नगद र क्यासिनोमा प्रयोग हुने क्वाइनसहित जुवाखालबाट २० जना पक्राउ

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी नजिकिंदै गर्दा राजधानीमा अवैध रुपमा जुवाखाल सञ्चालन बढ्न थालेका छन् । जोरपाटीमा जुवा खेलीरहहेको अवस्थामा लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेसँगै जुवाखाल बढ्दै गएको अनुमान लगाउन सकिन्छ । प्रहरीले उनीहरुको साथबाट चार लाख ७५ हजार बरामद गरेको छ ।

महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले उनीहरुलाई जुवातास खेलिरहेका अवस्थामा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० वटा कौडा, २० बुक ताससमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077