Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रावल, शाक्य, ज्ञवाली, भट्टराई र पाण्डे भगौडा हुन्, कमाण्डर मान्न सकिन्न : झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले माधवकुमार नेपाल समूहमा रहेर पुनः नेकपा एमालेमा फर्किएका नेताहरुलाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले नेकपा एमालेमा फर्किएका नेताहरुलाई भगौडा समेत भन्न भ्याइन ।

युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसकिने भन्दै उनले भनिन्–‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन । तर, सरेन्डर गरे भने ढोका खोल्नुपर्छ । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’

विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए ।

उनीहरुलाई भगौड जर्नेलको संज्ञा दिँदै उनले कमान्डर मान्न नसकिने बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077