Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सत्ता गठबन्धनप्रति ओलीको कटाक्ष–आइसका डल्ला छिनभरमै पग्लिन्छन्

    सत्ता गठबन्धनप्रति ओलीको कटाक्ष–आइसका डल्ला छिनभरमै पग्लिन्छन्

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 843
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ताधारी गठबन्धन आइसको डल्लाको संज्ञा दिंदै छिनभरमै पग्लिने दावी गरेका छन् । आज आयोजित नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’ भनेका हुन् ।

    चुनावपछि आइसका डल्ला बिलाएर जाने बताउँदै अध्यक्ष ओलीले भने–‘१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्, कता बिलाउँछन्’ उनले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् । धेरै चिन्ता गर्नुपर्दैन ।’



    ओलीले १४ महिनापछि हुने चुनावबाट आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गर्दै उनले कर्मचारीहरुलाई चिन्ता गर्नु पर्दैन भन्दै सान्तवना समेत दिए ।



    अस्वभाविक विधिबाट बनेको सरकार लामो समय टिक्दैन भन्दै कर्मचारीहरुप्रति सान्तवना दिंदै उनले भने–‘तपाईंहरुलाई केही दुःख दिन सक्छन् । धेरै चिन्ता गर्नु पर्दैन, १४ महिनापछि चुनाव हुन्छ, त्यसको अर्को एक महिनापछि हाम्रो सरकार बन्छ । यिनीहरु बिलाएर जान्छन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार