Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावी अभियानमा होमिए विश्वप्रकाश, भन्छन् -हिजो राजनैतिक अब राजनीतिक परिवर्तन (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गरेका छन्।

विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आज आयोजित कार्यक्रममा अवधारणा सुनाउँदै आफूले इमान्दारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताए।

'हामीसहित अग्रज पुस्ताले बलिदान दिएर मुलुकमा राजनीतिक परिवर्तन ल्यायो' उनले भने, 'त्यतिले मात्र पुगेन, अब राजनीतिमा परिवर्तन ल्याउने कार्यको नेतृत्व गर्न मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ ।'

उनले बीपी कोइरालाको जन्मजयन्तीको अवसरमा उनी जेल बसेको सुन्दरीजलमा गएर उम्मेदवारी घोषणा गरेको र समाजवादी नेता सिके प्रसाइँ र सङ्घर्षशील नेता तुर्सा हेमरमले बीपीको विचारमा चिन्तन र मलजल गरेको गृहजिल्ला झापामा आएर चुनावी अभियान थालेको बताए ।

नेता शर्माले २४ बुँदामा आफ्नो राजनीतिक अवधारणा प्रस्तुत गरेका छन् । सो अवधारणामा मुलुकको समृद्धिको खाका, परराष्ट्र नीति, निर्वाचन प्रणाली, संविधानका त्रुटिको सम्बोधन, शासकीय हैसियतमा जानेको कार्याविधिलगायतका महत्वपूर्ण विषयमा विभिन्न प्रस्ताव गरिएको छ ।

यस्तो छ प्रवक्ता शर्माले सार्वजनिक गरेको २४ बुंदे अबधारणा :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077