Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेलाई पेलेरै अघि बढ्ने सरकारको तयारी

काठमाडौं – सभामुखको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आइरहेको छ। पार्टीले कारबाही गरेका सांसदहरुलाई ननिकालेसम्म बैठक सहजरुपमा चल्न नदिने एमालेको माग छ।

यसैबीच सोमबार पनि संसद बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बैठक बस्नेछ।

बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ। आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले बैठक अघि कढ्ने सम्भावना कम छ। सत्तारुढ गठबन्धनका दलहरुले भने आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077