Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्वोच्चको फैसलामा 'सेटिङ' भएको केपी ओलीको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्लो फैसलामा सेटिङ भएको आरोप लगाएका छन्।

घाटा असार २८ गतेको अदालतको फैसलापछि सत्ताबाट बाहिरिएका ओलीले आगामी विधान महाधिवेशनमा पेस गर्ने दस्तावेजमा अदालतको विषयमा चार पृष्ठ लामो व्याख्या गरेका छन् ।

'फैसलाले कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक प्रणाली, संवैधानिक व्यवस्था र जनताको सर्वोच्चतामाथि चुनौती खडा गरेको छ' ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ ।

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निश्चित समूहहरुको स्वार्थ पूर्तिका लागि राजनीतिक फैसला र संविधानको अपव्याख्याको माध्यमबाट अप्रत्यक्ष रुपमा संविधानको संशोधन भएको बताएका छन् ।

'संसद् विघटनलाई अनुचित सावित गर्न झूटा सन्दर्भको उल्लेख गरिएको छ । राष्ट्रपतिका अधिकारका सन्दर्भमा गलत प्रसंगहरुको सहारा लिएको छ' प्रतिवेदनमा भनिएको छ, 'निवेदकहरुले अनुकूल ठानेको न्यायाधीशहरु राख्ने र प्रतिकूल ठानेका न्यायाधीशरुलाई हटाएर इजलास गठन गरेने सेटिङको गलत र घातक अभ्यास भएको छ ।'

ओलीले पुस ५ र जेठ ३ मा दुई पटक गरेको प्रतिनिधिसभाको विघटनलाई सर्वोच्चको संवैधानिक इजलासले रद्द गरेको थियो । दोस्रो पटक अदालतको फैसलापछि सत्ताच्युत भएका ओली अदालतप्रति आक्रामक हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077