Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिरहाबाट ५ किलो लागुऔषध गाँजाहिसत एक जना पक्राउ

रामनारायण यादव, सिरहा । सिरहामा प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नम्बर १३ तिरतपुर बस्ने २६ वर्षीय शुभ कुमार महतो रहेका छन्।

महतोलाई सोमबार सिरहाको सिरहा नगरपालिका वडा नम्बर ६ बसविट्टा चोकबाट ५ किलो २२३ ग्राम लागूऔषध गाँजा र २ पिस नाईट्रोभेट ट्याबलेटसहित नियन्त्रणमा लिइएको हो।

वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले ज ११ प १७३४ नम्बरको मोटरसाइकललाई चेक जाँचा गर्ने क्रममा उनको साथबाट लागुऔषध गाँजा र नाईट्रोभेट ट्याबलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवाश बुढाथोकीले जानकरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077