Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बराबरी गर्न बार्सिलोनालाई हम्मेहम्मे

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र ग्रानडाले बराबरी खेलेका छन्। सोमबार राति भएको खेलमा दुई टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा सुरुवाती अग्रता लिएको ग्रानडाले त्यसलाई जोगाउन सकेन। ग्रानडाका डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिए। उनले सर्जियो इस्कुडेरोको पासमा गोल गरेका थिए।

एक गोलले पछि परेको बार्सिलोनाले बल पोसेसन राख्दै पाहुना टोलीलाई लगातार दबाब बढाएपनि गोल गर्न भने सकेको थिएन। बार्सिलोनाले ७७ प्रतिशत बल पोसेसन राखेका थियो।

पहिलो हाफमा खेल १–० मै सकियो। दोस्रो हाफको अनितम समयसम्म पनि गोल नहुँदा खेलमा ग्रानडा जिततिर लम्बिएको थियो। तर हाारतर्फ उन्मुख बार्सिलोनाका लागि ९०औं मिनेटमा रोनाल्ड एराउजोले गोल गरे। उनले गोलले बार्सिलोनाले सो खेलमा जीवनदान पायो। उनले पाब्लो गाभिराको पासमा गोल गरेका थिए।

यो बराबरीपछि अपराजित रहेको बार्सिलोना ४ खेलबाट ८ अंक जोडेर सातौ स्थानमा रहेको छ। समान ८ अंक रहेपनि सेभिया गोलअन्तमार छैटौं स्थानमा रहँदा ओसासुना र रियल मलोर्का आठौं र नवौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077