Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतकै शैलीमा सैन्य अभ्यास गर्न चीन सक्रिय, राजदूत र प्रधानसेनापतिबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

बुधबार जंगी अड्डामा भएको भेटवार्तामा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास, सैनिक सहायतालगायत विषयमा छलफल भएको सैनिक स्रोतले बताएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको रोकिएको छ । संयुक्त सैन्य अभ्यासको मिति तय हुन नसकेको अवस्थामा चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यता, भारत उत्तराखण्डको पिथौरागढमा भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास जारी छ । ४ गतेबाट सुरु भएको नेपाल र भारतबीच सैन्य अभ्यास १३ गतेसम्म सञ्चालन हुनेछ । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास सूर्य किरण’ को नाम दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077