Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तालिबानले अफगानी भूमि आतंकवादका लागि दिनु हुँदैन : जयशंकर

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले विश्व समुदायले अफगानिस्तानमा समावेशी सरकार चाहेको बताएका छन् ।

बुधबार संयुक्त राष्ट्रसंघको ७६औं महासभाका अवसरमा जी–२० राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा जयशंकरले अफगानिस्तानमा सबै वर्ग र समुदायको प्रतिनिधित्व गर्ने सरकारको अपेक्षा भएको बताए।

‘मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदाय एकसाथ उभिनुपर्छ', सम्बोधनमा उनले भने, 'बिनाप्रतिबन्ध र बिनारोकावट सीधा सहायता उपलब्ध गराउनुपर्छ।'

यस्तै, बैठकमा मन्त्री जयशंकरले तालिबानले अफगानी भूमि आतंकवादका लागि प्रयोग गर्न दिन नहुने बताए।

गत अगस्ट १५ मा तालिबानले राजधानी काबुल कब्जा गरेसँगै विजयी भएको घोषणा गरेको थियो । उसले अन्तरिम सरकार पनि बनाइसकेको छ तर पनि अन्तर्राष्ट्रिय समुदायबाट मान्यता भने पाइसकेको छैन ।

तालिबानले भने अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयास गर्दै आएको छ । केही दिनअघि मात्रै तालिबानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई पत्र लेख्दै महासभामा सम्बोधनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो ।

[insert page='87776' display='yopanipadhnuhos.php']

[insert page='87741' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077