Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको भन्दै इटहरीका मेयरविरुद्ध प्रदर्शन

इटहरी – महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको भन्दै इटहरी मेयर द्वारिकालाल चौधरीविरुद्ध प्रदर्शन भएको छ। मेयर चौधरीले महिला भएको भन्दै दुर्व्यवहार गरेकामा महिलाहरु आक्रोशित भएका हुन्।

सुनसरीका विभिन्न संघसंस्थाका महिलाले शुक्रबार विरोध तथा प्रदर्शन गरेका छन्। गत बुधबार मेयर चौधरीको कार्यकक्षमा ताला लगाएका महिलाले शुक्रबारसम्म लगातार धर्ना, नाराबाजी तथा नगर परिक्रमा गरिरहेका छन्।

बुधबार दिउँसो उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै कार्यालय अगाडी संयुक्त विरोध कार्यक्रमको ब्यानर टाँगेकोमा प्रहरीले ब्यानर निकालिदिएको थियो। उनीहरुले चौधरीलाई कारवाही गर्न माग गर्दै नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

अघिल्लो बुधबार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र सर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा जथाभावी बोलेर दुर्व्यवहार गरेको उनीहरुको आरोप छ। लगत्तै दर्जन बढी महिला अधिकारवादी संस्थाहरुले विरोध जनाउँदै माफी माग्न भनेका थिए। तर मेयर चौधरीले माफी नमागेपछि उनीहरु आन्दोलनमा उत्रिएको बताइएको छ।

महिलाहरुले महिला हिंसा बन्द गर्न माग गर्दै नाराबाजी पनि गरेका छन्। उनीहरुले मेयरको फोटोसहितको ब्यानर चोक चोकमा टाँसेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077