Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इमरानद्वारा भारतको कडा आलोचना : भारतले भन्यो - ओसामालाई शहीद भन्नेहरु नै आतंकवादको शिकार भए

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै भारतमाथि कडा टिप्पणी गरेका छन्।

इमरान खानले कश्मीरको मुद्दा उठाउँदै भारतले ५ अगस्त २०१९ पछि धेरै अवैध र एकतर्फी कदम चालेको आरोप लगाए ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतले काश्मिरमा नौ लाख सैनिक तैनाथ गरी कश्मीरी नेताहरुलाई जेलमा राखेको र मिडिया र इन्टरनेटमा प्रतिबन्ध लगाइएको उल्लेख गरे ।

आफ्नो सम्बोधनमा खानले भारत नियन्त्रित कश्मीरमा शान्तिपूर्ण प्रदर्शनहरुलाई बलद्वारा रोकिएको र भारतले १३ हजार कश्मीरी युवाहरुलाई अपहरण गरी यातना दिएको आरोप लगाए।

इमरान खानले भने, 'भारत आफ्नो निर्णय र कार्यहरुद्वारा जम्मू कश्मीरमा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावहरुको उल्ल्घन गर्दैछ। संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा स्पष्ट रूपमा  विवादित क्षेत्र संयुक्त राष्ट्रसंघको पर्यवेक्षणमा निष्पक्ष जनमत संग्रहको माध्यमबाट हल हुने भनिएको छ। भारतले कश्मिरमा अन्तर्राष्ट्रिय मानवाधिकार नियमहरुको पनि उल्ल्घन गरिरहेको छ। '

इमरान खानले कश्मीरी अलगाववादी नेता सैयद अली शाह गिलानीको मृत्युको सन्दर्भ उठाउँदै भारतले गिलानीको परिवारका सदस्यहरुलाई इस्लामिक रीतिरिवाज अनुसार अन्त्येष्टि गर्न नदिएको आरोप लगाए।  खानले यो भारतको बर्बरता  एक ताजा उदाहरण रहेको वताए ।

भारतले पनि इमरान खानको आरोपको जवाफ दिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार भारतले इमरान खानको भाषणको जवाफ दिँदै भन्यो , 'आतंकवादलाई समर्थन गरेकोमा पाकिस्तान विश्वव्यापी रूपमा चिह्नित छ। संयुक्त राष्ट्रसंघले आतंकवादी घोषणा गरिएकाहरुलाई पाकिस्तानले आश्रय पनि दिन्छ। ओसामा बिन लादेनलाई पाकिस्तानले शरण दिएको थियो। आज पनि पाकिस्तान ओसामालाई शहीद भन्छ। पाकिस्तान आतंकवादीहरुलाई हुर्काउँछ। हामी सुन्दै आएका छौं कि पाकिस्तान आफैं आतंकवादको शिकार भएको छ। वास्तवमा, पाकिस्तान एक देश हो कि एक फायर फाइटर बन्न आगो लगाउँछ। पाकिस्तानलाई बहुलवाद बुझ्न धेरै गाह्रो छ किनकि त्यहाँ अल्पसंख्यकहरु माथि पुग्न प्रतिबन्ध छ। पूरा जम्मू कश्मीर र लद्दाख भारतको एक अभिन्न अंग हो र सधैं हुनेछ।'

https://twitter.com/PakPMO/status/1441523423067312129?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1441523423067312129%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fhindi%2Flive%2Findia-58688397

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077