एजेन्सी । चीनको आन्तरिक मामिलामा पाकिस्तानलगायत संसारका करिब ६५ मुलुकले समर्थन जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको ४८ औं मानवअधिकार आयोग सभामा करिब ६५ मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको समर्थन जनाएका हुन् ।
समाचार एजेन्सी ग्लोबल टाइम्सका अनुसार संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा चीनको आन्तरिक मामिलामा आफूहरुले सम्मान प्रकट गरेको र बाह्य हस्तक्षेपको विरोध जनाएको उल्लेख गरिएको छ ।
यस्तै, सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा जोड दिँदै चीनको आन्तरिक मामिलामा बाह्य मुलुकको हस्तक्षप नुहुनुपर्ने सो विज्ञप्तिमा उल्लेख छ ।
चीनले हङकङको प्रशासनिक क्षेत्रमा लागू गरेको एक देश, दुई प्रणालीको दोहोर्याएर समर्थन जनाउँदै संयुक्त विज्ञप्तिमा भनिएको छ,‘राज्य हङकङ, सिन्जियाङ र तिब्बत आदीसँग सम्बन्धित मुद्दा चीनको आन्तरिक मामिलाका विषयहरु हुन् । त्यसमा बाह्य हस्तक्षेप हुनुहुँदैन।’