Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

परराष्ट्रमन्त्री खड्कालाई शुभकामना दिँदै चिनियाँ विदेशमन्त्रीले भने- नेपालसँग मिलेर काम गर्न इच्छुक छौं

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई शुभकामना तथा बधाईको सन्देश पठाउँदै नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान इच्छुक रहेको प्रतिक्रिया दिएका हुन् । सोमबार नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले ट्वीटमार्फत् यसबारे जानकारी दिँदै लेखेकी छन्, 'चीनका विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाइ सन्देश पठाउनुभएको छ । चीन-नेपाल सम्बन्धमा नयाँ प्रगतिलाई बढावा दिन आफ्ना समकक्षीसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077