Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोठामा बन्धक बनाइएकी महिलालाई श्रीमानले जबरजस्ती करणी गर्दा श्रीमतीले दिन्थिन् साथ !

काठमाडौं । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक दम्पत्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ बिराटनगर उपमहानगरपालिका-१७ घर भइ काठमाडौं बानेश्वर कात्यायनी चोक बस्ने ३९ वर्षीय निरज शर्मा र उनकी ३८ बर्षिया श्रीमती नितु शर्मा रहेका छन् । शर्मा दम्पतिलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले सोमबार राति पक्राउ गरेको हो।

प्रहरीका अनुसार निरज र नितु मिलेर ती महिलालाई आफ्नै कोठामा बन्धक बनाएका थिए। महिलालाई बन्धक बनाएर निरजले जबरजस्ती करणी गरेको जानकारीपश्चात उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077