Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मेयरलाई मुक्का हान्ने पंगेनी ५ हजार धरौटीमा रिहा

    मेयरलाई मुक्का हान्ने पंगेनी ५ हजार धरौटीमा रिहा

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने गणेश पंगेनी धरौटीमा रिहा भएका छन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हाे ।



    एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य पंगेनीले गत असोज ४ गते बिहान बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए ।



    प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार