Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पिएसजी र म्यानचेस्टर सिटी भिड्दै, हालसम्मको तथ्याङ्कमा को बलियो ?

एजेन्सी – युईएफए च्याम्पियन्स लिग फुटबलको समूह ए को खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ। खेल पिएसजीको घरेलु मैदानमा नेपाली समयअनुसार मंगलबार राति १२ः४५ बजे शुरु हुनेछ।

समूहमा एक खेल सकिँदा सिटी ३ अंकका साथ तालिकाको शीर्षस्थानमा छ। पिएसजी एक अंकका साथ दोस्रो स्थानमा छ। युरोपका दुई ठूला टोलीबीचको यो भिडन्तलाई धेरै फुटबलप्रेमीहरुले प्रतिक्षा गरिरहेका छन्।

हेड टु हेडमा को बलियो ?

यी दुई टोलीबीच हालसम्म ५ खेलमा मात्र प्रतिस्पर्धा भएको छ। तीमध्ये ३ खेलमा सिटी विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको छ। पछिल्लो पटक यी दुई टोलीको भेट मे महिनामा च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा भएको थियो।

पहिलो लेगमा २–१ गोलले जितेको सिटीले दोस्रो लेगमा २–० को जित हात पारेको थियो। पछिल्ला तीन खेलमा सिटीले पिएसजीलाई लगातार हराएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077