Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युवा नेता कन्हैया कुमार कंग्रेस पार्टीमा प्रवेश

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का युवा नेता कन्हैया कुमार कंग्रेस पार्टीमा प्रवेश गरेका छन्। जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का पूर्वविद्याथी रहेका कन्हैया मंगलबार कंग्रेस पार्टीमा प्रवेश गरेका हुन्।

उनीसँगै दलित युवा नेता जिग्नेश मेभानी कंग्रेस पार्टीमा प्रवेश गरेका छन्। नयाँदिल्लीस्थित अल इन्डिया कंग्रेस कमिटीको मुख्यालयमा औपचारिक कार्यक्रमबीच उनीहरु पार्टी प्रवेश गराइएको छ। युवा नेताद्वयलाई कंग्रेसका नेता राहुल गान्धीले औपचारिक रुपमा पार्टी प्रवेश गराएका हुन्।

धाराप्रवाह वाककला भएका युवा नेता कन्हैया कुमार २०१९ को लोकसभा निर्वाचनमा बिहारको बेगुसरायबाट कम्युनिस्ट पार्टीको उम्मेदवार बनेका थिए। भाजपाका नेता गिरिराज सिंहसँग उनी पराजित भएका थिए।

मंगलबार कन्हैयाको पार्टी प्रवेश समारोहमा कंग्रेसको पार्टी कार्यालय अगाडि उनको स्वागतार्थ लेखिएको ब्यानर टांगिएको थियो। कन्हैयाले कंग्रेसमा प्रवेश गर्नुअघि नेता राहुल गान्धी र प्रियंका गान्धीलाई पटक–पटक भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077