Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कपनबाट अपहरणमा परेका ४ वर्षीय बालक भारतमा भेटिए

काठमाडौं । काठमाडौंको कपनबाट अपहरित भएको भनिएका ४ वर्षीय बालक भारतमा भेटिएका छन्। पीयूष शर्मा भारतमा आफन्तको सम्पर्कमा पुगेको प्रहरीले जानकारी दिएको छ।

पियूषको अपहरण भएको आशङ्का गरिएको थियो घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी जुटेको थियो। पीयूष आमाबुवासँग कपनमा बस्दै आएका थिए। बालकका आमा बुवासँग चिनजान भएका शङ्कर दासले बच्चा लगेको खुलेको छ।

बालकका बुवा विनोद शर्मा टायलको काम गर्छन्। बुबा आमालाई जानकारी नदिई कपनस्थित चुनिखेल बस्ने भारतीय नागरिक शङ्कर दासले बालकलाई लिएर हिँडेका थिए। बालकलाई काठमाडौं ल्याउने तयारी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077