Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

माधवकुमार नेपाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काटमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण उनी बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्।

हाल नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकले दिएको नेपालको निजी सचिवालयले जनाएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको बताइएको छ।

स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपाललाई भेटघाट बन्द गरिएको छ। मंगलबार बेलुकाबाट नेपालको स्वस्थ अवस्था खराब भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077