Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युभेन्टसले चेल्सीलाई हरायो

एजेन्सी । च्याम्पियन्स लिगको समूह एचको खेलमा युभेन्टसले साविक विजेता चेल्सीलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा घरेलु लिगमा संघर्षरत युभेन्टसले चेल्सीलाई १–० गोलले हराएको हो।

युभेन्टसको जितमा फेडेरिको चिएसाको एक मात्र निर्णायक गोल गरेका थिए। उनले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए। फेडेरिको बनाडेस्कीले युभेको अग्रता दोब्बर पार्ने सुन्दर अवसर खेर फालेका थिए।

चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले पनि दुईवटा गोलको अवसर गुमाएका थिए। त्यस्तै, काई हार्भट्ज पनि गोल गर्नबाट चुकेका थिए। समूहकै अन्य खेलमा जेनिट सेन्ट पिटर्सबर्गले माल्मोलाई ४–० ले हरायो।

समूह एचमा युभेन्टस ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। चेल्सी र जेनिटको समान ३ अंक रहेको छ भने माल्मो अंकविहीन छ। बुधबार नै भएका अन्य खेलमा आरबी साल्जबर्गले लिललाई २–१ गोलअन्तरले हरायो। वुल्भसवर्ग र सेभियाले भने १–१ को बराबरी खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077