Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

रुकुम पश्चिममा एक यूवकमाथि खुकुरी प्रहार, उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत । रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका–३ स्यालाखदीका एक युवकमाथि खुकुरी प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका अनुसार खानेपानी मुहानको बिषयमा विवाद हुँदा २३ बर्षीय कर्णबहादुर बोहरामाथि ४ जनाको समूहले खुकुरी प्रहार गरेको हो। खुकुरी प्रहारपछि गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न स्थानीय १८ बर्षीय महेन्द्र विक, २४ बर्षीय गोपाल विक, २१ बर्षीय विष्णु कामी र २२ बर्षीय कृष्ण विक रहेको र उनीहरु फरार रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077