Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेसीबिनाको बार्सिलोनाविरुद्ध चम्किए सुआरेज

एजेन्सी – स्पेनिस ला लिगा फुटलबमा अन्तर्गतको खेलमा एथ्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ। गएराति भएको खेलमा एथ्लेटिकोले बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो।

खेलको २३ औँ मिनेटमा लुइस सुवारेजको पासमा थोमस लेमारले एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यमा सुवारेजले अर्को गोल थप्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए। खेलको दोस्रो हाफमा गोलका लागि प्रयास गरेपछि दुबै टोली असफल भए।

स्पेनिस ला लिगामा बार्सिलोनाको यो सिजन पहिलो हार थियो। तर, धेरै खेलमा बराबरीमा रोकिएका कारण बार्सिलोना मात्र १२ अंकसहित लिगको आठौँ स्थानमा सिमित बनेको छ।

शनिबारको खेलअघि बार्सिलोनाले लिगमा ३ खेलमा जीत र ३ बराबरी गरेको थियो। च्याम्पियन्स लिगमा लगातार हार व्यहोरेको बार्सिलोनामा म्यानेजर फेर्ने चर्चा पनि चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077