Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललिता निवास प्रकरण: बाबुराम भट्टराई र माधव नेपालविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । बालुवाटारको सरकारी जग्गा (ललिता निवास) प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्दको मुद्धामा सुनुवाई हुने भएको छ ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो ।

यसअघि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउनुपर्ने आदेशको माग गर्दै  सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।

सोमबार सर्वोच्चले निवेदन बमोजिम रिट जारी गरेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको भूमिकाबारे पुन: अनुसन्धान गर्नुपर्ने हुन्छ। यसअघि सोही मुद्धामा मुछिएका नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छादार धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077