Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रुपन्देहीमा भारतीय नागरिकको खुकुरी प्रहारबाट छोराको मृत्यु, बुवा घाइते

बुटवल । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । अर्का एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको शुद्धोधन-३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने मजदुरहरुबीच झडप हुँदा खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट नवलपरासी पश्चिमका अवधेश चमारको मृत्यु भएको छ

प्रहरीले खुकुरी प्रहार गर्ने भारतीय मजदुर रवि सिंहलाई पक्राउ गरेको जनाएको छ। आइतबार राति मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको पाइएको प्रहरीको भनाइ छ।

खुकुरी प्रहार गर्ने रविले अवधेशपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077