Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, चिढिएको चीनलाई फकाउने प्रयास

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। उनीहरुबीच सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा परराष्ट्रमन्त्री खड्का र राजदूत यान्छीबीच दुई देशबीचको सम्बन्ध सुधारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि कुराकानी भएको छ।

हुम्लामा चीनले सीमा मिचेको घटनाको छानबिनका लागि नेपालले कमिटी गठन गरेको थियो। त्यसपछि नेपालसँग चीन चिढिएको थियो। यस भेटवार्ता उनीहरुबीच सीमाको विषयमा पनि कुराकानी भएको बताइएको छ। तर मन्त्रालयलले यसबारे कुनै जानकारी दिएको छैन।

नयाँ सरकार आएसँगै हुम्लामा भूमि मिचिएको छ वा छैन भन्ने बारेमा कमिटी गठन गरेर गृह मन्त्रालयलाई रिर्पोट समेत बुझाई सकेको छ। उक्त रिर्पोटमा कुटनीतिक माध्यममार्फत् दुवै मुलुकको संयुक्त कमिटीले त्यस क्षेत्रको निरिक्षण गर्न सुझाव दिएको छ।

तर उक्त रिर्पोट अहिले गृह मन्त्रालयमै थन्किएको छ। चीनले भने यसअघि सीमा समस्या नरहेको स्पष्ट पारिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077