Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिँचाई विकासका सव-इन्जिनियर केसी दुई लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बसुन्धरामा कार्यरत सव-इन्जिनियर दिपेन्द्रकुमार केसीलाई घुसको रकमसहित पक्राउ गरेको छ।

आयोगका अनुसार सव-इन्जिनियर केसीलाई कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौतामा सेवाग्राहीसँग २ लाख घुस लिएको भन्ने सूचनाका आधारमा रकमसहित कार्यालयबाटै पक्राउ गरिएको हो।

'सम्झौता अनुसार कार्य सम्पन्न गरेर अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना आयोगमा परेको थियो', आयोगका प्रवक्ता नारायण रिसालले भने, 'सो निवेदनका आधारमा पक्राउ गरेका हौं।'

घुस रकमसहित पक्राउ परेका केसीमाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रवक्ता रिसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077