Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घटस्थापनादेखि पूर्णिमासम्म देशभरका अदालतहरु बन्द हुने

काठमाडौं । दशैँको अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म सर्वोच्च अदालतलगायत देशैभरका अदालतहरू बन्द हुने भएका छन् ।

मंगलबार दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको बैठकले यसबारे टुंगो लगाएको हो ।

सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतलगायत देशैभरका अदालतहरू घटस्थापनाको दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म विदा हुने निर्णय भएको छ ।

त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदन उपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ । न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077