Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्वोच्च बारले प्रधानन्यायाधीशलाई बोलाएको भन्दै वरिष्ठ अधिवक्ताहरुद्वारा चियापान बहिस्कार

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रममा प्रधानन्यायाधीशलाई बोलाइएको भन्दै वरिष्ठ अधिवक्ताहरुले कार्यक्रम बहिस्कार गरेका छन् ।

बुधबार दशैंको अवसरमा सर्वोच्च बारले चियापान कार्यक्रम राखेको थियो, जहाँ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको थियो ।

मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेको स्रोतले बताएको छ।

एक वरिष्ठ अधिवक्ताका अनुसार आफूहरु संगठित रुपमा नभई स्वविवकेले चियापानमा नगएर सन्देश दिएको बताए । ‘विरोध गर्नुपर्ने सर्वोच्च बारले प्रधानन्यायाधीशको समर्थन गरेको जस्तो देखिने भएर हामी सांकेतिक रुपमा अनुपस्थित भएका हौं’, ती वरिष्ठ अधिवक्ताले भने ।

यद्यपि चियापन कार्यक्रमा सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोज शर्मा र नहकुल सुवेदी उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077