Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

क्यानडा पठाउने भन्दै नेपाल बोलाएर पाकिस्तानी नागरिक अपहरण गर्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीले पाकिस्तानी नागरिकलाई नेपाल बोलाएर अपहरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जेसन मोहम्मद र ताज रजवाज रहेका छन्।

पक्राउ गरेका दुबै नागरिक पाकिस्तमनी हुन्। उनीहरुले अर्का एक पाकिस्तानी नागरिकलाई क्यानडा पठाउने भन्दै नेपाल बोलाएर बन्धक बनाएका थिए।

उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए। विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन्।

उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए। प्रहरीले घटनाको अनुसन्धान गर्नुका साथै कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077