Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

स्वास्थ्य राज्यमन्त्री भएको ७५ दिनमै मन्त्रिमण्डलबाट श्रेष्ठको बहिर्गमन निश्चित

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ जिम्मेवारीबाट हट्ने भएका छन्। सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रालयको भागबन्डा मिलेपछि श्रेष्ठ पदबाट हट्नेपर्ने बाध्यात्मक अवस्थामा पुगेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। श्रेष्ठलाई देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए। राज्यमन्त्री भएको ७५ दिनमै श्रेष्ठ जिम्मेवारीबाट हट्ने भएका हुन्। सुरूमा चेन अस्पतालका सञ्चालक व्यापारीलाई मन्त्री बनाएको भन्दै उनको आलोचना भएको थियो।

श्रेष्ठले राज्यमन्त्री भएपछि राज्यबाट पाउने सेवा सुविधासमेत लिएका छैनन्। तर प्रधानमन्त्री देउवाले चाहेमा श्रेष्ठ विनाविभागीय मन्त्रीको रुपमा मन्त्रिपरिषदमा रहन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077