काठमाडौं । ग्रेटर नेपाल अभियानका अध्यक्ष तथा पूर्वप्राध्यापक फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
चेक अनादर मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि उनलाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कटारी बस्तीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनी ग्रेटर नेपाल अभियानका अध्यक्षका साथै राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्षसमेत हुन्।
प्रहरीका अनुसार चेक अनादर सम्बन्धी मुद्दामा अदालतले बिगोबापत दुई वर्ष कैद सजाय सुनाएको थियो। सोही फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो।
लामो समयदेखि राष्ट्रवाद र सीमासम्बन्धी मुद्दामा सक्रिय रूपमा आवाज उठाउँदै आएका थिए ।