काठमाडौं । सिंहदरबार परिसरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ६ कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा निवर्तमान केन्द्रीय सदस्य राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे रहेका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै नेविसंघका नेताहरूले नाराबाजी गरेका थिए ।
प्रदर्शनको क्रममा पक्राउ गरिएका उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।
यता कांग्रेसनिकट विद्यार्थी सङ्गठन नेविसंघका नेता कार्यकर्ता पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै अविलम्ब छाड्न माग गरेको छ ।