Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेशी मोडलको नाममा नक्कली फेसबुक खोलेर रकम असुल्ने १५ बंगलादेशी नागरिक प्रहरीको फन्दामा

विदेशी मोडलको नाममा नक्कली फेसबुक खोलेर रकम असुल्ने १५ बंगलादेशी नागरिक प्रहरीको फन्दामा

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित एक होटलबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित होटल एसीईको चौथो, पाँचौं र छैटौं तलामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरूमा १९ देखि ३० वर्ष उमेर समूहका १५ जना बंगलादेशी पुरुषहरू रहेका छन्।

पक्राउ पर्नेमा एमडि मजिदुल इस्लाम रेडोय, सफिउल इस्लाम, अपोन चन्दा साहा, अब्दुल्लाह अल जोबायेर, अबुल हसनाई, अल साहरियार, फैसल, आजाद हुसेन, एमडि अजमेन, एमडि तामिम हसन सौरभ, एमडि जकारिया जन्नत, सकिल अनवर, हरजोत बिल्लाल राफत, ओमित हसन सेकात र एमडि इस्लाम हसन स्वाधिन रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूले होटलका कोठा भाडामा लिएर विदेशी मोडल तथा युवतीहरूको नाममा नक्कली फेसबुक अकाउन्ट सञ्चालन गर्दै विभिन्न व्यक्तिसँग अनलाइन संवाद गरी अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत व्यक्तिहरूलाई आकर्षित गरी विभिन्न प्रकारका साइबर गतिविधि सञ्चालन गरेको आशंका गरिएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थानमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

हालै नेपालमा भिजिट भिसाको दुरुपयोग गरी साइबर अपराध तथा अनधिकृत गतिविधिमा संलग्न विदेशी नागरिकमाथि निगरानी बढाइएको छ।

यसै क्रममा ठमेलमा गरिएको अपरेशनमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका हुन्। प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077