Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री बनेपछि रामकुमारीको पहिलो निर्देशन, ‘बजेट फ्रिज भयो सुन्न नपरोस्’

काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री पदभार ग्रहण गरेकी छिन्।

शुक्रबार मन्त्रीमा नियुक्त भएकी उनले साँझमा कार्यभार सम्हाल्दै उनले मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएकी छिन्।

मन्त्री झाँक्रीले मन्त्रालयले काम गर्न नसकेर बजेट फ्रिज गरेको सुन्नु नपरोस् भन्दै कर्मचाहरूलाई निर्देशन दिएकी हुन्।

उनले भनिन, ‘भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो।  के काम गर्न सकिन्छ गरौं। कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री झाँक्रीले भनिन्, ‘सहरी विकास मन्त्रालयले बजेट समर्पण ग-यो भन्ने सुन्नु नपरोस्।’

त्यस्तै मन्त्रालयका अधिकारी र मातहतका विभाग तथा आयोजना प्रमुखहरूलाई आफ्नो काम र योजनाबारे लिखितमा ब्रिफिङ गर्न पनि मन्त्री झाँक्रीले निर्देशन दिएकी छन्।

मन्त्रालयमा बसेर कामको प्रगतिबारे ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयमा नै गएर ब्रिफिङ लिने पनि उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077