Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई बालुवाटारबाट बालकोट पुर्याइयो, अझै पनि चलखेल गरे राजनीतिबाटै निकालिदिन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूले बालुवाटारबाट बालकोट पुर्‍याएको दावी गर्दै राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन् ।

आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण आफूले ओलीलाई साथ नदिएको दाहालको भनाई थियो । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि त्यहाँ पुगेको अध्यक्ष दाहालले भने–‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ । याे तागत हामीसँग छ ।’

ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुमेको दावी गर्दै उनले २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि एमालृ सरकारबाट बाहिरिने बताए ।

हिन्दीमा भाषण गरेका उनले भने–‘अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077