Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

पक्राउपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौंमाथि यस्तो आदेश दिएको हो ।

बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका ७ स्थायी बासिन्दा रुबीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ ।

प्रहरीले भने हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । रुबी खानसहित नेपालगन्जबाट १४ महिला २० दिनको पैदल यात्रा गरी गत बुधबार राति न्याय माग्न भन्दै काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077