Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हस्तकलाका सामग्रीभित्र लागूऔषध चरेस ओसारपसार गर्ने ७ अभियुक्त सार्वजनिक

काठमाडौँ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ ।

ब्युरोद्वारा आज आयोजित पत्रकार सम्मेलनमा लागू औषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई सार्वजनिक गरिएको हो । ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका टोलीले ललितपुरको मानभवनस्थित ब्लुस्टार कार्गाेबाट हङकङ पठाउन लागेको अवस्थमा नौ थान थाङ्का र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको तीन किलो ५० ग्राम चरेससहित मोरङ उर्लाबारी–८ का अन्जित थापालाई पक्राउ गरेको ब्यूरो प्रमुख हृदयेश थापाले जानकारी दिए ।

लागू औषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिन्धुपाल्चोक सुनकोशी–५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले एक लाख नगदसमेत बरामद गरेको छ ।

अनुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौँ महानगरपालिका–१४ बाट सुजन श्रेष्ठलाई चरेश दिने सिन्धुुपाल्चोक लिसखु–५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थाङ्कामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुकाईछिपाई राखेको दुई किलो ४० ग्राम चरेस फेला पारेको थियो ।

पर्सा सखुवापर्साेनी–१ घर भई काठमाडौँ बौद्ध नयाँबस्तीमा सिलाईबुुनाई काम गर्ने दिनदयाल महतो र दीपेन्द्र महतोलाई पनि थाङ्कामा प्रयोग हुने ११३ थान लिस्टी र दुई किलो ८७५ ग्राम चरेससहित पक्राउ गर्न ब्यूरो सफल भएको छ । प्रहरीले मकवानपुर–११ का रवि मोक्तानको कलङ्कीस्थित डेराबाट नौ ग्राम ५०० मिलिग्राम चरेस बरामद थियो ।

उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे–३ का मोतीलाल तामाङ पनि दुई ग्राम ५०० मिलिग्राम चरेसहित पक्राउ परेका हुन् । उनले धादिङलगायतका स्थानबाट चरेस सङ्कलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077