Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुपन्देहीमा प्रहरी र सुकुम्बासीबीचको झडपमा परेर तीन जनाको मृत्यु

    रुपन्देहीमा प्रहरी र सुकुम्बासीबीचको झडपमा परेर तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 1.1K
    SHARES

    बुटवल। प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपमा परेर तीन जनाको मृत्यु भएको छ ।

    आइतबार दिउँसो रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाएको थियो । गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजले जानकारी दिएको छ।



    प्रहरी स्रोतका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए ।



    झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।स्थिति नियन्त्रणमा लिन प्रहरीले आज चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

    प्रहरीले अस्थायीरूपमा बनाइएका टहरा भत्काउन खोज्दा झडप भएपछि स्थानीयवासीको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ । प्रशासनले पूर्वतर्फ बुटवल–१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार