Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको मोतीपुरमा १८ घन्टादेखि कर्फ्यू जारी

    प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको मोतीपुरमा १८ घन्टादेखि कर्फ्यू जारी

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले रूपन्देही उपमहानगरपालिकाको १७ र १८ नम्बर वडामा हिजोदेखि लगाएको कर्फ्यू अहिलेसम्म जारी छ । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको १८ घन्टा पुगिसेको छ ।

    मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा झडप हुँदा हिजो साँझ चार जना स्थानीयको मृत्यु भएको थियो भने प्रहरीसहित ५० जना घाइते भएका थिए । घटनालाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे परेपछि स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि ती वडामा कर्फ्यू आदेश जारी गरेको हो।



    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेका हुन् । प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले दुई वटा वडाका चारै गौडामा कर्फ्यू आदेश रहेको र स्थिति सामान्यतर्फ नआएसम्म कर्फ्यू जारी हुने जानकारी गराए ।



    मोतीपुर औद्योगिक क्षेत्रभित्र प्रवेश नदिनका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाएको उनले बताए। औद्योगिक क्षेत्रमा हजारौं सुकुम्बासी आएर जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले आइतबार हटाउन खोजेको थियो।

    नेपालीहरुको महान पर्व दशैंकै बेला स्थानीयनको मृत्यु हुनेगरी प्रशासनले चालेको कदमप्रति चौतर्फी विरोध शुरु भएको छ । औद्योगिक क्षेत्रभित्रबाट सुकुम्बासीहरुलाई हटाउने क्रममा दोहोरो झडप हुँदा प्रहरी गोली चलाएको थियो। त्यसक्रममा चार जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार