Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

केपी ओली र प्रचण्डलाई पुन: मिलेर अघि बढ्न चिनियाँ राजदूतको सुझाव

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले नेपालमा स्थायित्वका लागि दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र मिलेर अघि बढ्नु पर्ने चाहना ब्यक्त गरेको छ।

मंगलबार नेपाल डायलग फोरमले भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ यान्छीले चीनको सो चाहना रहेको धारणा व्यक्त गरेकी हुन्।

कम्युनिष्ट पार्टीको एकतापछि नै नेपाली जनताको विकास र समृद्धिको आकांक्षा हुने दाबी गर्दै राजदूत यान्छीले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबैको नाम लिएर दुबै मिल्नको लागि सुझाव दिएकी थिइन्।

कार्यक्रममा एमालेले हालै सम्पन्न गरेको विधान महाधिवेशन र माओवादीले यसबीचमा गरेका पार्टीका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा पनि चीनले बधाइ दिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको अवसरमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङलाई पत्र लेखेकोमा समेत राजदूत यान्छीले धन्यवाद दिएकी छिन् ।

राजदूत यान्छीले बडादशैंको उपलक्ष्यमा नेपाली नागरिकलाई पनि शुभकामना दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077