Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोतिपुर घटना : चार दिनपछि झडपस्थलमा भेटिए दर्जनौं पेट्रोल बम

    मोतिपुर घटना : चार दिनपछि झडपस्थलमा भेटिए दर्जनौं पेट्रोल बम

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 3.7K
    SHARES

    रूपन्देही । रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा घटना भएको चार दिनपछि आज दर्जनौं पेट्रोल बम भेटिएका छन् । आइतबार भएको झडपमा प्रहरीले संयमता गुमाएको भनेर चौतर्फी विरोध भइरहेका बेला आज झडपस्थलबाट पेट्रोलबम भेटिएको हो ।

    उक्त स्थानबाट प्रहरीले ठूलो संख्यामा पेट्रोल बम फेला पारेपछि अहिले भने आइतबार प्रहरीले गोली नचलाएको भए अझै ठूलो घटना हुनसक्ने आँकलन गर्न थालिएको छ । झडपका क्रममा आन्दोलनकारीले दर्जनौं प्रहरीलाई पेट्रोलबम हानेर घाइते बनाएका थिए ।



    घटनापछि उक्त क्षेत्रमा खोजी गर्दा सशस्त्र प्रहरीले पेट्रोल बम फेला पारेको हो । घटनापछि खोजतलासका क्रममा बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले बताएको छ ।



    आइतबारको झडपमा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको थियो । झडपपछि स्थिति नियन्त्रणमा लिन आइतवार साँझदेखि कर्फ्यु जारी गरेको रुपन्देही प्रशासनले आजदेखि कर्फ्यु हटाएको छ । निषेधाज्ञा भने जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार