Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुटवलबाट गुल्मी आउँदै गरेको जिप पाँचरातेको सडकबाट खस्यो, तीन जनाको मृत्यु

गुल्मी । गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप गएराती दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईकाअनुसार दुर्घटनामा ६ जना घाइते छन् ।

तीमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरुको शरीरका विभिन्न भाग र टाउकोमा चोट लागेको भट्टराईले बताए ।

घाइतेको गुल्मी अस्पताल र पाल्पाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । घाइतेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077