Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • लेबनानको बेइरुतमा गोली हानाहान , छ जनाको मृत्युपछि हिंसा चर्कियो

    लेबनानको बेइरुतमा गोली हानाहान , छ जनाको मृत्युपछि हिंसा चर्कियो

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 1.3K
    SHARES

    एजेन्सी। लेबननको राजधानी बेइरुतमा गोली हानाहानमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। हिंसा शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनका क्रममा भएको हो।

    ती न्यायाधीशले गत वर्ष तटीय सहरमा भएको ठूलो विस्फोटनको घटनाको अनुसन्धान गरिरहेका छन्। उनीहरूले लेबनिज फोर्सेस (एलएफ)को खेमाका क्रिश्चियन बन्दुकधारीहरूले भिडमा गोली चलाएको आरोप लगाएका छन्।



    लेबननलाई सङ्कटमा पार्न त्यसो गरिएको भनी हेजबोल्लाह र आमलले आफूमाथि लगाएको आरोप एलएफले अस्वीकार गरेको छ।



    उक्त विस्फोटनमा कम्तीमा २१९ जनको ज्यान गएको थियो। हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश पूर्वाग्रही भएको दाबी गरेका छन्।तर पीडित परिवारले उनको कामको समर्थन गरिरहेका छन्।

    अदालतको मुख्य भवन प्यालेस अफ जस्टिस बाहिर सयौँ मानिसहरूले न्यायाधीशलाई हटाउन माग गर्दै प्रदर्शन सुरु गरेका थिए। उनीहरूले अनुसन्धानलाई राजनीतिकरण गरिएको तर्क गर्दै न्यायाधीश तारेक बितारलाई हटाउन माग गरेका छन्।

    स्वचालित राइफल सहितका हतियारधारी मानिसहरूका कारण स्थानीय बासिन्दाहरू घरबाट भागेका थिए भने स्कूले विद्यार्थीहरू डेस्कको तल लुकेका थिए।

    क्रिश्चियन मिलिसिया र शिया सदस्यहरूबीच सडकमा गोली हानाहान भएको विश्वास गरिएको छ।सहरमा भयानक क्षति पुर्‍याएको सन् २०२० को उक्त विपत्तिमा अहिलेसम्म कसैलाई पनि जबाफदेही बनाइएको छैन।

    लेबननको खराब हिंसाहरू मध्येको बिहीवारको गोली प्रहारको घटनालाई लिएर लेबननका प्रधानमन्त्री नजिब मिकाटीले शुक्रवार शोकको घोषणा गरेका छन्।

    उनले कारण जे सुकै भए पनि विद्रोही आचरण नदेखाउन र संयम रहन सबैलाई आग्रह गरेका छन्। संयम कायम गर्न भन्दै सेनाले आफ्नो दस्ता परिचालन गरेको जनाएको छ र सडकमा बन्दुकधारी देखिए उनीहरूमाथि गोली चलाइने बताएको छ। बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार