Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘लियोनल मेसी पिएसजीमा खुशी छन्’

एजेन्सी । फुटबलर सेस फाब्रिगासले अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी पेरिस सेन्ट जर्मन (पिएसजी)मा खुशी रहेको बताएका छन्। मेसीका साथी एवं बार्सिलोनामा रहँदाका सहकर्मी फाब्रिगासले मेसी पेरिसमा जम्न संघर्ष गरिरहेको चर्चाको खण्डन पनि गरेका छन्।

‘उनी यहाँ निक्कै खुसी छन्। उनले पहिल्यैदेखि चिन्ने र स्पेनिस बोल्ने थुप्रै खेलाडी पिएसजीमा छन्,’ हाल मोनाकोबाट खेलिरहेका फाब्रिगासले भने। आर्थिक जटिलताका कारण बार्सिलोनाले मेसीसँग नयाँ सम्झौता गर्न नसकेपछि ६ पटकका बालन डी ओर विजेता मेसी गत अगस्टमा पिएसजीमा अनुबन्धित भएका थिए।

मेसीले बार्सिलोनाको शीर्ष टोलीबाट १७ सिजन खेल्ने क्रममा सात सय ७८ खेलमा ६ सय ७२ गोल गर्नुका साथै दुई सय ६५ गोलको अवसर सिर्जना गरेका थिए। तर नयाँ क्लबका लागि भने पाँच खेल खेलिसक्दा पनि मेसीले एक गोलमात्र गर्न सकेका छन्। यसक्रममा उनले एउटा गोलका लागि पनि पास उपलब्ध गराउन सकेका छैनन्।

पिएसजीका लागि तीन सय ७० मिनेट मैदानमा बिताउने क्रममा उनले १३ सट प्रहार गरे पनि त्यसमध्ये चार मात्र पोस्ट लक्षित थिए।

शुक्रबार फ्रान्सेली लिग वानअन्तर्गत एन्जर्समाथि २–१ को जित हासिल गरेको खेलमा मेसीलाई पिएसजीको टिममा समावेश गरिएको थिएन। अघिल्लो दिन अर्जेन्टिनाका लागि विश्वकप छनोटको खेल खेलेका कारण उनलाई प्रशिक्षक माउरिसियो पोचेटिन्होले आराम दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077