Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्यालेन्सियाविरुद्ध बार्सिलोना विजयी

एजेन्सी  । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोना ३–१ गोलले विजयी भएको हो।

खेल शुरु भएको ५ मिनेटपछि नै भ्यालेन्सियाले शुरुवाती अग्रता बनाएको थियो। जोसे गयाले उक्त गोल गरेका थिए। तर त्यसको ८ मिनेटपछि बार्सिलोना खेलमा फर्कियो। युवा फरवार्ड आन्सु फातीले गोल गर्दै बार्सिलोनाको दबाब कम गराएका थिए।

खेलको ४१ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो। मेम्फिस डिपेले त्यसको सदुपयोग गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। दोस्रो हाफको ८५ औं मिनेटमा फिलिपे काउटिन्होले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे।

लिगमा बार्सिलोनाको यो चौथो जित हो। जितपछि बार्सिलोना अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ। उसले ८ खेलबाट १५ अंक जोडेको छ। ९ खेलबाट २० अंक जोडेको रियल सोसिडाड शीर्षस्थानमा छ। रियल मड्रिड ८ खृेलबाट १७ अंक बटुल्दै दोस्रो स्थानमा छ। एथ्लेटिको मड्रिड रियलसँग अंक बराबरीका साथ तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077