Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दशैंका बेला सामान्य विवाद हुँदा बुबामाथि नै खुकुरी हाने छोराले

गुल्मी । सामान्य घरझगडामा पनि छोराले बुबामाथि खुकुरी प्रहार गरेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छोरा राजेन्द्र बुबालाई खुकुरी हानेर फरार भएका छन् । खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ । उनको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य घरयासी झगडाको कारण छोराले बुबामाथि खुकुरी प्रहार गरी घाईते बनाएर फरार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077